Techie IT
शुक्रबार, मंसीर १५,२०८०

डा. वाबुराम भट्टराईकी छोरी मानुषीलाई पुत्रलाभ


काठमाडौ २८ असार । विद्यार्थी नेतृ मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठलाई पुत्र लाभ भएको छ । आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विहान  १०.०५ बजे पुत्र लाभ भएको हो । केही बर्ष पहिले उनीहरुबीच विवाह भएको थियो ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानुषीले पुत्र लाभ गरेको कुरा सामाजिक सञ्जालमा राखेका छन् । उनले आफू बल्ल हजूरबा भइयो भनेर लेखेका छन् । उनले अस्पतालमा पुगि मानुषीकिो छोरो समातेको तस्विर समेत राखेका छन्

‘छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०।०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अस्पतालमा अपरेसनमा सफल अपरेसनकालागि डा। गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद समेत नेता भट्टराईले दिएका छन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार, स्वास्थ्य
ट्याग : #मानुषी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545