अर्थतन्त्रमा संकुचन आउन नदिन चेम्बरले गर्यो सुझाव पेश

काठमाण्डौं, ९ चैत्र -कोरोना भाइरस (कोभिड-१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा चेम्वरले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार समक्ष सुझाव पेश गरेको छ । सुझाव पेश गर्दै चेम्बरले तत् संबन्धमा अध्ययन गरिरहेको र यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउनुस पर्ने उल्लेख गरेको छ ।
चेम्बरले सुझाव पेश गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नूपर्ने आयकर तथा मूल्यअभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै हाललाई समस्याको समयावधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भूक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिईएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्थाहुनु पर्ने धारणा राखेको छ । साथै, कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले सरकारलाई अनुरोध गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्