काठमाडौको टोखामा सिभिल बैंकको नयाँ शाखा

काठमाडौ । सिभिल बैंकले काठमाडौको टोखामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ।
टोखा शाखा सहित सिभिल बैंकको ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
शाखा स्थापनाको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम समाजिक संस्थाहरुलाई साहयता पनि उपलब्ध गराएको थियो।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन सिभिल बैंकका अध्यक्ष ई। ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरेका छन। टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।
शाखा उद्घाटनको अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ , प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग ,टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , बिभिन्न वडाका जनप्रतिनिधिहरु लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
सिभिल बैंकले हालसम्म ४ लाख ३० हजार ग्राहकलाई सेवा दिइरहेको बताएको छ। उसले ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा प्रवाह गरेको जनाएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : #टोखामा सिभिल बैंक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्