नेप्सेमा उछाल, ७० अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो ।
सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो । कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आज उकालो लागे ।
बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह््यो । सो बैंकको मात्रै रु १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स रु १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी रु १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष रु नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको रु नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९६, एनएमबी बैंक ९.९३, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९१, मेगा बैंक ९.९१, आरएसडिसी लघुवित्त वित्तीय संस्था ९.८९ र एभरेष्ट बैंकका शेयरधनीले ९.८९ प्रतिशतले कमाए । त्यस्तै तारागाउँ रिजेन्सी होटल ५.६८, वरुण हाइड्रोपावर ५.०५, पञ्चकन्या माई हाइड्रोपावर चार, नेशनल हाइड्रोपावर ३.१२, जोशी हाइड्रोपावर ३.०७ र ओरियन्टल होटलका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।
क्याटेगोरी : अर्थ
ट्याग : #नेप्सेमा उछाल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्