लगानीको वातावरण बनाउन तीन तहकै सरकारको समन्वय आवश्यक छः उपाध्यक्ष ढकाल

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न तीन तहकै सरकारले आपसी समन्वयमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
शुक्रबारदेखि सुरुभएको खोटाङ्ग महोत्सवलाई सम्बोधन गर्दै ढकालले नयाँ संघीय संरचना अनुसार तीन तहको संरचनाले व्यवसायिक वातावरणमा समस्या परेको बताउँदै यसलाई समाधान गरेर मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले नेपालको प्रदेश नं. १ जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।
स्थानीयस्तरमा गरिने यस्ता मेला महोत्सवले स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीहरु, जिल्लानगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी लगायत स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #द्योग वाणिज्य महासंघ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्