‘कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सम्मानित

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल ‘कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट सम्मानित भएका छन् । नेपालको कर्पोरेट ब्यापार क्षेत्रको प्रतिनिधीमुलक पहिलो पत्रिका कर्पोरेट म्यागाजिनको दशौं बार्षिकोत्सव समारोह माझ उनी सम्मानित भएका हुन।
बरिष्ठ उपाध्यक्ष मल्ललाई कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सम्मान गरेका थिए । मल्ल नेपालको एक पायनियर विजनेशमेनमा गनिन्छन् । नेपालमा उनले वित्त, कृषि, पर्यटन, उड्डयन, शिक्षा, उर्जा, ट्रेड ब्यापार लगायतका क्षेत्रमा लगानी विस्तार गरेका छन् ।
शालिन ब्यक्तित्व, भद्र स्वभाव र लगनशिल कार्यशैली मल्लको सबल पक्ष हुन । मल्ल विगत दुई दशक भन्दा लामो देखी नेपाल चेम्बर अफ कमर्शमा आवद्ध रहदै आएका छन् । चेम्बर आन्दोलनमा सकृय रहदै गर्दा उनले चेम्बरलाई गतिशिल बनाउन खेल्दै आएको भूमिका निकै नै प्रश.सनिय छ । उनको उर्जाशिल ब्यक्तित्व र टिम स्प्रिटमा काम गर्न सक्ने खुबीको यदाकदा चर्चा परिचर्चा हुने गर्दै आएको पाईन्छ । साथै, उनको निर्णय क्षमता समेत अब्बल प्रक्ृतीको रहेको बुझिन्छ ।
पछील्लो समयमा उनले चेम्बरको कार्यवाहक अध्यक्षको हैसियतले चेम्बरलाई स्थानिय, जिल्ला तथा प्रदेश स्तरमा विस्तार तथा व्यवसायीक वातावरणका लागि केन्द्रिय तहमा नेपाल सरकार, कुटनैतिक नियोग, वित्त क्षेत्र लगायत तालुकात तथा सरोकारवाला निकायहरुसँगको सहकार्य तथा समन्वयका लागि देखाउदै आएको तदरुकता तथा खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ । त्यसैले पनि उनलाई आम ब्यापारीवर्गलाई सबल नेतृत्व दिन सक्ने क्षमतावान विजनेश लिडरका रुपमा हेरिदै र लिईदै आईएको पाईन्छ । उनमा अन्तर्निहित क्षमताको कदर गर्दै कर्पोरेट म्यागाजिनले उनलाई सम्मानित गरेको हो ।
‘कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड -२०२०’ बाट सम्मानित भए पस्चात् बरिस्ठ उपाध्यक्ष मल्लले आफुलाई सम्मानित गरिएकोमा कर्पोरेट मिडिया ग्रुपलाई धन्यवाद दिदै यसले सत्य, तथ्य र निश्पक्ष ढंगले समाचार सम्प्रेषण गर्दै नेपालमा ब्यवसायमैत्री वातावरण निर्माणमा सहयोगीका रुपमा कार्य गर्दै जाने विश्वासका साथ मिडियाको उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना ब्यक्त गरे ।
क्याटेगोरी : अर्थ
ट्याग : #कर्पोरेट विजनेश इन्फ्लुसिङ लिडरशिप अवार्ड
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्