वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लबाट गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सांस्कृतिक तथा ब्यापार महोत्सबको समुद्घाटन
गल्याङ माघ । नेपाल चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष तथा गल्याङ चेम्बर अफ कमर्सद्वारा आयोजित कृषि, पर्यटन, सास्कृतिक तथा ब्यापार महोत्सब २०७६ का प्रमुखअतिथि राजेन्द्र मल्लले कार्यक्रमको समुद्घाटन गर्दै नेपालमा आर्थिक उन्नतीका लागि कृषि, पर्यटन र जलबिद्युत पुर्वाधारमा लगानी आवश्यक रहेको बताउदै स्याङजा जिल्ला कृषिको लागि उपयुक्त स्थान भएको हुदा सिंचाईको उचित प्रबन्ध गर्नु आवश्यक रहेको बताए ।
दुई तिहाई जनसंख्या कृषिमा आधारित रहेको हुदाँ देशलाई आवश्यक पर्ने करिव चालिस लाख टन चामलमा तिस लाख टनमात्र उत्पादन भईरहेकोमा यसमा आत्मनिर्भर हुने गरी कार्य गर्नु पर्ने आबश्यकता रहेको औंल्याए । साथ,ै मल्लले स्याङजामा कृषिको लागि आवश्यक माटो परिक्षण, कृषि विशेषज्ञको सेवा, कृषि कलेजको स्थापना, सहुलियतपुर्ण पाँच प्रतिशत दरमा कृषि ऋणको सहज उपलब्धता तथा उत्पादनमुखि कानुनि सुधारमा तत्काल जोड दिनु पर्ने बताए ।
उक्त अवसरमा गल्याङ नगरपालिकाका उपमेयर तथा कार्यक्रमका बिशेष अतिथि देवीसरा थापाले गल्याङमा चेम्बरको स्थापनाले नगरको विकास कार्यमा सहयोगि भुमिका निर्वाह हुने विश्वास व्यक्त गरिन् । गल्याङ चेम्बर अफकमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति गंगा प्रसाद श्रेष्ठले चेम्बरले गरेका कार्यक्रमहरु र भावी कार्यक्रमबारे जानकारी दिदै यस महोत्सवले स्थानीय स्तरका उद्यमीले उत्पादन गरेका मालवस्तुको बजारीकरणको अवसर प्राप्त हुने र यसबाट उद्यमीहरुमा थप प्रेरणा र उत्साह आउने बताए ।
करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको सो महोत्सवमा कृषि, पर्यटन, संस्कृती, ब्यापारीक गरि करिव एक सय पचास स्टल रहेको छ ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्यद्वय यदुनाथ अधिकारी, भाइचन्द्र श्रेष्ठ र छिमेकी जिल्ला चेम्बरहरुका अध्यक्ष, पदाधिकारी प्रतिनिधिहरु, नेपाल सरकारका स्थानिय निकायका प्रतिनिधिहरु, उद्यमी ब्यावसायी एवं उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #राजेन्द्र मल्ल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्