सिभिल बैंकको नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना

सिभिल बैंकले नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको छ । वचत र मुद्दतीको समायोजन गरी नयाँ निक्षेप योजना बैंका सेवाग्राहीसामु ल्याइएको बैंकले जनाएको छ । ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनामा सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्ने रकम वचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त वचत रकम एकमुष्ट पाउन सक्ने बैंकले जानकारी दिएको छ ।

‘एन्यूटी डिपोजिट निक्षेप’ योजना अन्तर्गत खोलिएको खाताको व्याजदर खाताको अवधिभर स्थिर रहने पनि सिभिल बैंकले जानकारी दिएको छ । न्यूनतम एक हजार रुपैंयाँमा शुरु गर्न सकिने यस योजना अन्तर्गत एकल र संस्थागत दुबै खालका खाता खोल्न सकिने जनाइएको छ ।
एक वर्षदेखि सात वर्षको अवधिमा आफ्नो मासिक आम्दानीबाट वचत गर्न सक्ने रकमलाई थोरै थोरै गरी भविष्यको योजनाहरुलाई साकार पार्न यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

ग्राहकको इच्छा अनुसार एक वा त्यो भन्दा बढी खाता खोल्न सकिने यो योजनाबाट वचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा–व्याज एकमुष्ट रकमको लाभ लिन सक्ने बैंकको दावी छ ।
आवश्यक परे ‘एन्यूटी डिपोजिट निक्षेप’ को वचत रकम तीन महिनापछि खाता बन्द गर्न पनि मिल्ने र मौज्दात रकमको ६० प्रतिशत ऋण निकाल्न मिल्ने सुविधा समेत रहेको सिभिल बैंकले जानकारी दिएको छ । सिभिल बैंकले अहिले देशमा ९६ शाखाहरुमार्फत ग्राहकलाई सरल र सहज रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्