तिजको अवसरमा ललितपुरमा महिला हिँसा बारेमा अन्तर्क्रिया कार्यक्रम

भाद्र – तिजको अवसरमा ललितपुर ०५ नम्बर वडाले महिला हिँसा सम्बन्धी चेतनामुलक अन्तर्क्रिया कार्यक्रमआयोजना गरेको छ । आज मानभवन स्थित क्रीस्टल पार्टी प्यालेसमा आयोजित
अन्तर्क्रिया कार्यक्रम माझ ललितपुर महानगरपालिकाकी महिला विकास अधिक्रित महेश्वरी बस्नेतले महिला हिँसा बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । पूर्व मन्त्री तथा साम्सद पम्फा भुसालको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपाल, प्रदेश साम्सद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, सामाजिक विकास समितिका सम्योजक दिनेश कार्की नेकपाका जिल्ला अध्यक्ष हरिक्रिश्ण ब्यन्जनकार, स्थानिय जनप्रतिनिधी, कर्मचारी,
वडावासी आदीको ऊपस्थिती रहेको थियो । सो अवसर माझ पूर्व मन्त्री भुसालले तिज पारिवारिक मिलन र सामाजिक एकताको उत्सव भएको बताउदै बदलिदो परिस्थिती माझ तीजलाई महिला सशक्तिकरणका लागि उपयोग गर्नु पर्ने धारणा राखिन । उनले महिलाहरु राजनीतिक रुपमा अधिकार सम्पन्न रहेता पनि तुलनात्मक हिसाबले आर्थिक र सामाजिक अधिकारबाट बन्चित रहदै आएको खुलाशा समेत गरिन । कार्यक्रममा ललितपुर ०५ नम्बर वडाका अध्य क्ष विकासमान श्रेष्ठले महिला हिँसाबाट टोल र समाजलाई मुक्त गराउने संकल्पका साथ वडाले नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर महिला हिँसा सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरेको बताउदै महिलाहरुले अवसर पाएको खण्डमा जस्ता सुकै चुनौती पनि सामना गर्न सक्ने हैसियत राख्ने बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #teej
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्