चेम्बरमा दुई दिने रक्त परिक्षण शिविर

काठमाण्डौं, १४ श्रावण – नेपाल चेम्बर अफ कमर्समा दुई दिने रक्त परिक्षण शिविर संचालनमा आएको छ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रा.लिको संयुक्त तत्वावधानमा उक्त रक्त परिक्षण कार्यक्रम शुरु भएको हो ।
आजदेखि शुरु भएको २ दिने उक्त शिविरमा बिज्ञ डाक्टर एंव प्राविधिकबाट एचबिएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको सहुलियत दरमा रक्त परिक्षण गरिएको छ ।
आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंव चेम्बरमा आबद्ध अन्य संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवसायी एवं सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थिती भई रक्त परिक्षण गराएका छन् ।
भोली अर्थात १५ श्रावणमा समेत अपरान्ह् एक बजेदेखि साढे पाच बजेसम्म रक्त परिक्षण कार्यक्रम सचालनमा ंरहने छ ।
कार्यक्रमको आयोजना चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको हो ।
समितीका सभापती दिपक काजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्बरले यस किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आएको र यसका निरन्तरता स्वरुप कार्यक्रम गरिएको बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #नेपाल चेम्बर अफ कमर्स
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्