आईएसओबाट प्रमाणित भयो सिभिल बैंक

समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंक (CBL) आईएसओ प्रमाणित बैंक बन्न सफल भएको छ। बैंकले बिहीबार आईएसओ सटिफिकेसनको आधिकारीक संस्था युआरएस युनाइटेड रजिष्ट्रार अफ सिस्टमबाट आइओएस ९००१ २०१५ को प्रमाणपत्र प्राप्त गरेको हो।
बिहीबार एक कार्यक्रमका बीच युआरएस युनाइटेड रजिष्ट्रारअफ सिस्टमका नेपाल प्रतिनिधि प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गलाई आईएसओ प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आईएसओ प्रमाणिकरणसँगै आगामी दिनहरुमा ग्राहकमैत्री सेवा तथा सुविधाहरु र ग्राहककै चाहाना अनुरुपमा आधुनिक डिजिटल बैंकिङ्गका प्रोडक्टहरु ल्याउने बताए।
आईएसओ ९००१:२०१५ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्र्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा प्रदान गर्दा र नियमनकारी निकायद्धारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गर्दा पाइने प्रमाणपत्र हो।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्