नेपाल महिला चेम्बर र सनराईज बैंकको एक दिने कार्यशाला सम्पन्न

नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेडको संयुक्त आयोजनामा बित्तिय लेखा तथा करका बारेमा परामर्श बिषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला शुक्रवार जमल स्थित चेम्बर सचिवालयमा आयोजनामा आएको हो ।
कार्यशालामा सामाजिक उत्तरदायित्व अनुरुप बैकिङ, लेखा, नियम कानुन, लेखा राख्ने, जरिवानाबाट बच्ने तरिका बारे ब्यवसायीलाई जानकारी गराईएको थियो । सो अवसरमा सनराईज बैंकले महिला उद्यमीहरुलाई सहजिकरण गर्न पुँजीलाई मात्र नभई सिप र प्रविधी प्रयोगमा बैंकको सुविधाको बारेमा जानकारी दिलाएको थियो ।
सबै महिला उद्यमीसँग सिप मेहनतका साथै कृयाशिल भए पनि प्रतिफल नपाएकाले शक्तिशाली तत्व जानकारीलाई बैंकले अघि सारेको हो । बैंकको ४५ औं कार्यशालामा साधारण उद्यमशिलतामा लाग्ने जो कोहीलाई पनि कुन कुन कुरा कुन कुन क्षेत्रमा उत्प्रेणा गर्ने काम बैंकले गरेको छ ? साना ब्यवसायीलाई अनुदान दिने, सुविधा दिने, समय तालिका र लगानी बारेको लेखा पुँजी र गैर् पुँजी बारे चेतना दिने काम कार्यशालामा भएको थियो ।

कार्यशालामा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, लिमा अधिकारी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । त्यस्तै, बैंकका तर्फबाट अधिकृत सुगम पोखरेल, कर्पोरेट बैंकिङ डिपार्टमेन्टका हरिप्रसाद आचार्य लगायतले उपस्थिती जनाएका थिए ।
कार्यशालामा सहभागी महिला उद्यमीहरुलाई महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सहभागिताको प्रमाणपत्र वितरण गरेकी थिईन । ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुमा उद्यमशिलताको विकाससँगसंगै लेखा एबम करका बिषयमा समेत ज्ञान हासिल गर्न सहजता मिलोस भन्ने अभिप्रायका साथ कार्यशालाको आयोजना गरिएको बताईन ।
त्यसैगरि, कार्यक्रम माझ बोल्दै नेपाल चेम्बरका निर्देशक किरण अधिकारीले लेखा र कर प्रणाली बिषयक कार्यशालाको आयोजनाले महिला उद्यमीहरुलाई ठुलो लाभ मिल्ने धारण राखेका थिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्