काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपी नग

काठमाडौं, २६ जेठ । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको
छ । यही असार ३ देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्ट
हुने भएको हो ।
एनपी नग-एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र १ दिने सम्मेलन आयोजना
हुने छ । कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट
दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन
गर्ने छन् । जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड
आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।
कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ-
आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब
१५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।
एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि
क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ । “कार्यशालामा व्यवसायिक
विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,” कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने ।
एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम गर्ने गरेको बताए । “हामीले एउटा
काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,” उनले भने ।
जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं
उच्च रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले https://npnog.org.np/npnog8/registration
मा गएर रजिस्ट्रेसन गर्न सक्ने छन् ।
कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २०
हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ ।
त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ
(विदेशीका लागि ५० अमेरिकी डलर) रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #नेपाल नेटवर्क अपरेटर्स ग्रुप
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्