सात दल सम्बद्ध महिला नेतृ र चेम्बर पदाधिकारी बिच छलफल

काठमाडौं । विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् ।
जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारी सहित बिस जना नेतृहरु सम्मिलित टोलीले महिलाको आर्थिक सशक्तिकरणमा नेपाल महिला चेम्बरको भूमिकाका बिषयमा केन्द्रित रहेर चेम्बर पदाधिकारी माझ जिज्ञासा राखेको थियो । छलफलका क्रममा महिला नेतृहरुले राखेका जिज्ञासालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सम्बोधन गरेका थिए ।
सो अवसरमा अध्यक्षद्वयले महिलाहरुको आर्थिक सशक्तिकरणको मुद्धालाई प्रभावकारी ढंगले अगाडि बढाउने उदेश्य अनुरुप नेपाल महिला चेम्बरको शाखा संजालको विस्तार भैरहेको बताउदै महिला लक्षित उधमशिलता विकास तालिम, बजार प्रवर्धनात्मक कार्यक्रम आदी मार्फत आर्थिक क्रान्तिको दिशामा महिलालाई अग्रसर गराउन चेम्बर प्रतिबद्ध भएर लागेको धारणा राखेका थिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला नेतृ र चेम्बर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्