वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन

काठमाडौं । पर्यटन क्षेत्र सम्बद्ध वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन आएको छ । वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायीद्वय रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ ।
उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत सन्चालन गर्दै अाइरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए ।
वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन ब्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल पार्न लागिपर्नुपर्ने बताए ।
क्याटेगोरी : अर्थ
ट्याग : #वोर्ल्ड टच टुर्स्
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्