चेम्बरले बारा-पर्सामा त्रिपाल,टेन्ट र खाद्यान्न वितरण गर्ने

काठमाडौं, । नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ। चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले उक्त निर्णय लिएको हो। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दु:ख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए।
उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबार नै बारा-पर्सा जानेछ। ‘हामीले जिल्लाका चेम्बरलाई समेत राहत वितरणका लागि खट्न आग्रह गरिसकेका छौं। केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ। यो विपत्तको समयमा निजी क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नेछौं’ उनले भने । हामी तत्कालको बासका लागि आवश्यक त्रिपाल र टेन्ट जम्मा पार्न थालिसकेका छौं।’
क्याटेगोरी : अर्थ
ट्याग : #चेम्बर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्