बर्साद अगावै मेलम्चीको पानी ल्याउन माग

मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ ।
सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताउनुभयो । समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराउनुभयो । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले रु ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाउनुभयो ।
खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पुरानै निर्माण व्यवसायीलाई आवश्यक बजेटको व्यवस्था गरेर आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । आयोजनाको शुरुआती अवस्थामा काम गर्नुभएका इञ्जिनीयर श्रीराम न्यौपानेले रु ४० करोडका उपकरण भाडामा लिएर काम गरेका नेपाली निर्माण व्यवसायी मारमा परेको बताउनुभयो । सिन्धुपाल्चोकस्थित आयोजनास्थलका स्थानीयवासी पासाङतेम्बा शेर्पाले मुहानस्थलमा काममा अवरोध नगरिएको प्रस्ट पार्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #hot, #मेलम्चीको पानी ल्याउन माग
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्