मेट्रो काठमाण्डौ ग्यास उद्योगद्धारा म्याद सकिएका २५० सिलिण्डर नष्ट

धादिङ, मेट्रो काठमाण्डौ ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ । राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतोल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ७ मा रहेको उद्योग हातामा संकलित म्याद सकिएका सिलिण्डर नष्ट गरेको हो ।
हाल सो उद्योग अन्तर्गत २ लाख ३२ हजार थान सिलिन्डर वजारमा रहेको छ । जस मध्य २५० सिलिन्डरमा २०० रातो सिलिन्डर र ५० निलो सिलिन्डर नस्ट गरिएको मेट्रा काठमाण्डौे ग्याँसका जनरल मेनेजर महेन्द्र भुषालले वताए । हाल सम्म ५४ वटा उद्योग मध्ये ४ वटा उद्योग जसमा बाबा ग्यास उद्योग, कोशी ग्यास उद्योग, नेपाल ग्याँस उद्योग र काठमाण्डौ मेट्रो ग्यासले मात्र हाल सम्म नस्ट गरेको पाईएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए ।
नेपाल सरकारको समेत लगानी रहेको मेट्रो काठमाण्डौे ग्याँस उद्योग आधुनिक प्लान्टबाट संचालित उद्योग हो । यस उद्योगमा सवै काम मेसिनबाट हुने गरेको छ । यस उद्योगले १ मिनेटमा १२ वटा ग्याँस रिफिलिङ्ग गर्ने क्षमता राख्ने गरेको छ । जसमा ४० हजार थान भण्डारण गर्न सक्ने क्षमता रहेको छ । नेपालमा ग्याँस सिलिन्डर निर्माण गर्ने उद्योग तिन वटा रहेको छ । ति कम्पनिबाट उत्पादन हुने सिलिन्डरको म्याद ५ देखी १० वर्ष सम्मको हुने गरेको छ ।
यसरी म्याद गुज्रेको सिलिन्डरबाट विष्फोट हुदा कयौ घाईते भएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए । नेपालीको भान्छामा जोखिम मोलेर खाना पकाउन बाध्य छन् । नेपाल सरकारले यस्ता म्याद गएका सिलिन्डरहरुको अनुगमन गरी कडा भन्डा कडा कारर्वाही गर्न आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी मर्हजनको भनाई रहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मेट्रो काठमाण्डौ ग्यास
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्