ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरि महासंघ नेतृत्व हडप्ने शेखर गोल्छाको चालले माथ खायो

काठमाडौं, माघ । ज्ञानेन्द्रलाल प्रधानलाइ प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छा अध्यक्ष बन्ने चाहना फेरि पनि अपुरो भएको छ । विधान संशोधन गरी बरिष्ठलाई सिधै अध्यक्ष बनाउने प्राबधान हट्ने पक्का पकी भएपछी बरिष्ठ उपध्यक्ष गोल्छाले ज्ञानेद्र लाल प्रधानलाई काडको उपयोग गरेको पाइएको छ ।
अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । महासंघका अधिकांस सदस्य यो प्रवधान फेर्नुपर्ने बताउँदै आएका छन । यसको लागि विधान मस्यौदा समिति समेत गठन भएको थियो । शेखर गोल्छाले आफु सिधै महासंघको अध्यक्ष हुन नपाउने देखे पछि कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई प्रयोग गरी अध्यक्ष बन्ने दाउमा थिए । गोल्छाले भवानी राणालाई अख्तीयार लगाएर महासंघबाट हटाउने र आफु अध्यक्ष बन्न खोजेको महासंघका पदाधिकारीको दाबी छ ।
गोल्छालाई सोचजस्तो सजिलो थिएन यो काडवाट आफनो अनुकुलको उपयोग गर्न किन भने महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान पनि विवास्पद छवि बोकेका मनिस हुन् । गोल्छा प्यानलको खेलमा २०७१ सालमा प्रदिपजंग पाण्डेलाई अध्यक्ष भएकै बेला हटाउन सफल भएको टोलि समेत सामेल भएपछी कृषि उद्योम केन्द्रमा करोडौँ रुपैयाँको अनियमितता भएको विवास्पद कुरा निकाल्ने र अख्तीयार माफत कार्बाहि गर्न लगाई गोल्छा अध्यक्ष बन्ने र महासंघ कब्जा गर्ने योजना लग भग सफल हुनै लाग्दा भवानी राणाको हातमा ज्ञानेन्द्र बोलेको टेप पुगेपछि योजना असफल भएको बताइएको छ ।
ज्ञानेन्द्र लालले बोलेको विवादास्पद टेप अध्यक्ष राणाका हातमा पुगे पछी गोल्छा प्यानलको खेलको युट्रन लिएर उल्टै प्रधान माथिनै खनिएको छ र प्रधानले राजिनामा समेत दिएका छन् । महासंघले कृषि उद्यम केन्द्रमा अनियमितताको विषय छानविन गर्न समिति गठन गरेको छ । सबैलाई विश्वासमा लिन पुराना र इमानदार कहलिएका शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #शेखर गोल्छा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्