महिला चेम्बर प्रतिनिधीमण्डल र पूर्व उपप्रधान तथा अर्थमन्त्री बिच भेटवार्ता

काठमाडौं, पौष- महिला चेम्बर प्रतिनिधीमण्डलले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीसँग भेटवार्ता गरेको छ । महिला चेम्बरका संस्थापक अध्यक्ष तथा राजदुत डा. अन्जान शाक्य र महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको संयुक्त नेत्रीत्वमा रहेको प्रतिनिधीमण्डलले अाइतबार नेता अधिकारीसँग भेट गरेको हो ।
भेटका क्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीले महिला चेम्बरको कार्यभार सम्हाल्दै गर्दाको अवस्थामा राजदूत नियुक्त भएकामा डा. अन्जान शाक्य र महिला चेम्बरको अध्यक्ष भएकामा उर्मिला श्रेष्ठ एबम् कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै महिलाको आर्थिक सशक्तिकरण बिना देशको बिकास असम्भव रहने पनि बताए । नेता अधिकारीले आगामी दिनमा आउने बजेट महिला मैत्री हुनु पर्ने अौल्याउदै त्यसले महिलाको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने राय पेश गरेका थिए ।
सो अवसरमा राजदूत शाक्यले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरमोहन अधिकारीलाई सदसयताका लागि साधुवाद ब्यक्त गरिन । त्यसैगरि महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, उपाधय्क्षद्वय सुश्मा शर्मा एबम् अंबिका शर्मा र बरिस्ठ सल्लाहकार अन्जना ताम्राकारले महिलाको आर्थिक सशक्तिकरणको मुद्धा यस समयमा निकै सान्दर्भिक रहेको र यस प्रति अधिकारीले देखाउदै आएको चासोको प्रसम्शा गर्दै समयका लागि धन्यवाद टक्राएका थिए ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्