कुखुरा व्यवसायी मञ्चमा पौडेल

जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।
अन्य सदस्यमा त्रिलोचन कँडेल, रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, भीमनारायण श्रेष्ठ, वीरबहादुर गुरुङ, जनकमान श्रेष्ठ, विनोद पोखरेल, तारा काफ्ले, लीला कँुवर र भुपेन्द्र कर्माचार्य रहनुभएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेशसभाका सांसद घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतले कुखुरा व्यवसायमा देश आत्मनिर्भर हुँदै गएकोमा सराहना गर्नु भएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #कुखुरा व्यवसायी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्