एन्फा निर्वाचनमा अनियमितताको आरोप

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)लाई उपलब्ध गराउने बताउनुभयो ।
एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत वैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।
यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताउनुभयो । “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उहाँहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उहाँले भन्नुभयो । मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उहाँले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं ।”
क्याटेगोरी : अर्थ
ट्याग : #एन्फा निर्वाचन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्