कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् ।
सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा हिरोआकि वाकामात्सुले आज हस्ताक्षर गर्नुभयो ।
चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्राष्ट्रिय कानूनका अधिवक्ता डा बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो ।
सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सो युनिभर्सिटी विश्वकै दश उत्कृष्ट मध्येमा पर्ने सो अवसरमा जानकारी दिइयो । कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #कृषिमा आधुनिक प्रविधि
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्