चौतारी लघुवित्तको साधारण शेयर बिक्री हुँदै

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले यही मङ्सिर १९ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले छ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले छ लाख कित्तामध्ये नौ हजार ३०० कित्ता कर्मचारीको लागि, तीस हजार कित्ता सामूहिक लगानी कोषलाई र पाँच लाख ६० हजार ७०० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।
कम्पनीले छिटोमा यही मङ्सिर २३ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा आगामी पुस १९ गतेसम्म बिक्री खुला गर्ने तयारी गरेको छ । सो कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आश्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत् अनलाइन आवेदन दिन सकिनेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चौतारी लघुवित्त
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्