तामाकोशीको साधारण शेयर, हरेकलाई ४० कित्ता निश्चित

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर ९आर्इपिओ० मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्। कम्पनीले उपलब्ध गराएको अन्तिम विवरणअनुसार तामाकोशीको आर्इपिओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ ।
कम्पनीको आईपिओमा परेको आवेदन सबै सदर भएमा २ लाख २१ हजार ७५५ जना आवेदकले ४० कित्ता तथा १ लाख २४ हजार ४११ जना आवेदकले ५० कित्ताका दरले शेयर पाउने देखिएको छ ।
कम्पनीले एक करोड ५८ लाख कित्ता शेयर निष्काशन गरेकोमा सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।
नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका शेयर आवेदन भने रद्द हुनेछ ।
कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए ।
शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ ।
कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #तामाकोशीको आर्इपिओ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्