मंगलबारदेखि औपचारिक रुपमा अनलाइन प्रणाली मार्फत शेयर कारोबार

शेयर बजारका लगानीकर्ताले भोलि मंगलबारदेखि औपचारिक रुपमा अनलाइन प्रणाली मार्फत शेयर कारोबार गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज नेप्सले औपचारिक कार्यक्रम मार्फत पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यन्वयन गर्ने भएको छ ।
नेप्सेका अनुसार अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात अर्थ मन्त्री डा. युवराज खतिवडाले मंगलबार बिहान साढे १० बजे याक एण्ड यति होटेलबाट गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि ब्रोकर तथा लगानीकर्तालाई अनलाइन कारोबारमा अभ्यस्त बनाउन मोक ट्रेडिङ तथा विभिन्न चरणका तालिमहरु संचालन गरेको नेप्सेले पूर्ण अनलाइन संचालन गर्ने भएको हो ।
भोलिदेखि नै पूर्ण अनलाइन लागू गरिएपनि लगानीकर्ता अभ्यस्त नभइन्जेलसम्म पुरानै प्रणालीबाट पनि शेयर कारोबार जारी रहने नेप्सेले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #अनलाइन प्रणाली
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्