Techie IT
सोमबार, असोज १५,२०८०

माथिल्लो तामाकोशीको शेयर खुल्यो


माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले कात्तिक १५ गतेदेखि सर्वसाधारणमा एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर (आईपिओ) खुला गरेको छ। कम्पनीले चुक्ता पूँजीको १५ अर्थात एक सय रुपैयाँ अंकित दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा आवश्यकता अनुसार मंसिर १४ गतेसम्म आवेदन लम्बिन सक्छ ।

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आवेदन दिन सक्नेछन् । आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

तामाकोशीले यसअघि नै दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेर बुधबार बाँडफाँड गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।

कम्पनीले साधारण सेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ ।

विवरणका आधारमा हेर्दा एक सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरिसकेको छ ।

लागत उच्च हुँदा चालू आर्थिक बर्ष २०७५/ ७६ को अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिसेयर  ३० पैसा घाटा व्यवहोनु पर्नेछ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनी कै छ ।

आर्थिक बर्ष ७६/७७ मा प्रतिशेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका बर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेको छ ।

शेयर निष्काशन नगर्दै घाटामा रहेको र ठूलाे परिमाणमा निष्काशन हुने शेयर संख्याकाे हिसाबले कम्पनीकाे शेयरमूल्य बजारमा उच्च हुने देखिँदैन ।अर्कोतर्फ स्थानीयबासीकाे एक कराेड पाँच लाख कित्ता शेयर समेत तीन बर्षपछि एकसाथ फुकुवा हुने हुँदा पनि त्यसले कम्पनीको भाउ घटाउनमा नै मद्दत पुग्दछ ।

त्यसैले  कम्पनीमा आइपिओ भर्न मरिहत्ते गरिरहनु पर्ने अवस्था देखिँदैन । तर दिर्घकालीन लगानीका हिसाबले भने अायाेजनामा लगानी उचित नै देखिन्छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #तामाकोशीको शेयर खुल्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:56 am5:49 pm +0545