साल्ट ट्रेडिङ्द्वारावार्षिकोत्सवको पूर्वशन्ध्यामा रक्तदान कार्यक्रम

सरोज ओझा
काठमाडौं, भाद्र २२ । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफ्नो ५६ अौ वार्षिकोत्सवको अवसरमा २२ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कर्पोरेशनको कालिमाटी स्थित केन्द्रिय कार्यालय हातामा आयोजित उक्त कार्यक्रमको उदघाटन साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले गर्नु भएको थियो ।
मृगौला पीडित समाजको सहयोगार्थ आयोजित उक्त रक्तदान कार्यक्रममाझबाट कर्पोरेशनका संचालक समिति सदस्य, शेयरधनी, बरिस्ठ अधिकारी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतले रक्तदान गरेका थिए । रेडक्रसको सहयोग माझ् सन्चालित उक्त रक्तदान कार्यक्रम माझबाट करिब ६० जना रक्तदाताले रक्तदान गरेको कर्पोरेशनका बिभागिय प्रबन्धक ब्रजेश् झाले जानकारी दिनुभएको छ ।
साल्ट ट्रेडिङ्ले आफ्नो स्थापना दिवस अर्थात भाद्र २७ गते वार्षिकोत्सव समारोहको आयोजना गर्नुपुर्ब प्रत्यक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गर्दै आइरहेको कर्पोरेशनका कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ बताउनु हुन्छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #साल्ट ट्रेडिङ्द्वा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्