सिभिल बैंकको खुद नाफा ६४.५० करोड

सिभिल बैंकले आ.व.२०७४ / ७५को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ६४.५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशत बढी हो ।
सिभिल बैंकको संचालन मुनाफामा समेत भारी वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ५४ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १० लाखको उचाईमा पुगेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले ३१८.२५ प्रतिशतको फड्को मारेको छ ।
बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ ।
बैंकले ४० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । बैंकको खराब कर्जा अनुपात पनि ३।९८ बाट घटेर २.६५ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्ष ३४ अर्ब २३ करोड निक्षेप संकलन गरी २९ अर्ब ५१ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले पनि रिजर्ब कोषलाई बलियो बनाएको छ । अघिल्लो वर्ष ७३ करोड रहेको कोषको आकार बढी १ अर्ब ४० करोडको उचाईमा पुगेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #सिभिल बैंक
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्