सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ६ चैत्र -सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ । साथै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको छ । वित्तीय संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीज्यूकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले विगत केही वर्ष यतादेखि आशा लाग्दो तरीकाबाट व्यवसाय विस्तार गरेकोमा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिए । प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले गाउँ बस्तीमा रहेका विपन्नवर्गका घरदैलोमा पुगेर सेवा दिई गरीबलाई धनी बनाउने कार्यमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरे ।कार्यक्रममा संस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
यस वित्तीय संस्थाले हाल सम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख बचत संकलन गरी करिव २ अर्ब ४ करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्