नेप्से परिसूचक ४३ अङ्कले बढ्यो

काठमाडौं ।लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहिवार झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४।९५ अङ्कले वृद्धि भई दुई हजार ४७५।०९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।५५ ले वृद्धि भई ४४४।१५ मा पुगेको छ । आज कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर रु चार अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ मा कारोवार भएको छ । आजको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब १७ अर्ब ३४ करोड ४७ लाख २० हजार पुगेको छ ।
कारोवार भएका १३ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबैको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६।११, होटल तथा पर्यटन ११२।८८, विकास बैंक २४।३७, जलविद्युत् ३।१५, वित्त १४।१५, निर्जीवन बीमा १९१।०८, उत्पादन १६२।१३, अन्य ४१।१३, लघुवित्त १०२।१३, जीवन बीमा ४१५।४७, सामूहिक लगानी कोष ०।०६ र लगानी उपसमूहको शेयर १।९५ ले वृद्धि हुँदा व्यापार भने ३९।६ ले घटेको छ ।
कारोवार रकमका आधारमा नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ७७ करोड तीन लाख १८ हजार ७९० बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंकको रु २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनःबीमा कम्पनीको रु १२ करोड ३६ लाख ५६ हजार १६६, माथिल्लो तामाकोशीको रु १२ करोड १२ लाख ८३ हजार १७७, नेको इन्स्योरेन्सको रु ११ करोड २९ लाख ६३ हजार १५५ र नवील बैंकको रु ११ करोड २४ लाख ४६ हजार बराबरको कारोवार भयो ।
युनाइटेड इदिमर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा चन्द्रागिरि हिल्स लिमिटेड ९।९६, नेपाल बङ्गलादेश बैंक ९।७५, शिवश्री हाइड्रोपावर ७।०३ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६।४८ प्रतिशतले कमाए ।
यस्तै जोशी हाइड्रोपावरका लगानीकर्ताले ६।८५ प्रतिशतले गुमाए ।आँखुखोला जलविद्युत् कम्पनी ६।३३, दिव्यश्वरी हाइड्रोपावर ५।३४, खानीखोला हाइड्रोपावर ५।००, रैराङ हाइड्रोपावर डेभलपमेन्ट ४।५५ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ४।४१ प्रतिशतले गुमाएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : ##नेप्से परिसूचक ४३ अङ्कले बढ्यो
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्