मध्य भोटेकोसीमा स्थानीयले काम पाउन पर्ने माग

रामचन्द्र नेपाल
बाह्रबिसे । निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मे वा )मा स्थानीयले काम पाउन पर्ने माग गरेका छन । मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मेवा ) ले टेन्डर आह्वान गरेपछि उक्त टेन्डरको काम स्थानीयले गर्न पाउन पर्ने माग गरेका हुन ।
असार ६ गते उक्त आयोजनाले भोटेकोसी गाउँपालिका वडा नम्बर ५ ( साबिक को मार्मिङ गाविस ) को चाकुमा एउटा विद्यालय, स्वास्थ चौकी भवन र कृषि कार्यालय र क्याम्प वरिपरि बाल लगाउन टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डरको काम आफुहरुले गर्न पाउनु पर्ने भन्दै आएका हुन ।
आयोजनाका प्रमुख डाक्टर सुनिल लामाले भने स्थानीयले आफुले गर्न पाउनु पर्ने माग जायज नभएको बताउदै प्रक्रिया पुर्याएर आएमा जस्ले कममा काम गर्न टेन्डर हाल्छन उसले नै काम पाउने बताए। प्राप्त जानकारी अनुसार उक्त टेन्डर हाता पार्न आफुलाइ जिल्लाका नामुद डन ठान्ने सगुन ग्रुप लागेको बुझिएको छ । उक्त टेन्डरको फारम अफिसबाट बिक्री भएको तर कसैले पनि टेन्डर माग फारम भरेर अफिसमा नआएको बुझिएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #मध्य भोटेकोसी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्