नवील बैंकको १२ गाउँपालिकामा शाखा

नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप गरेको छ ।
बैंकिङ सेवा शुरु भएका गाउँपालिकामा डडेल्धुराको आलिताल, सुर्खेतको बराहताल, बझाङको वित्थडचिर, रुपन्देहीको सम्मरीमाई, जुम्लाको तिला, सल्यानको दार्मा, बैतडीको पञ्चेश्वर, डोटीको सायल, अछामको रामारोशन र तुर्माखाद, कालीकोटको पचालझरना र पलाँता छन् ।
यहाँ मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ती गाउँपालिकाका शाखाको विद्युतीय स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । मन्त्री खतिवडाले ग्रामीण भेगमा गरिएको शाखा विस्तारबाट वित्तीय कारोबार बैंकिङ प्रणालीबाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बैंकिङ सेवा पुग्न नसकेका स्थान तथा अन्य गाउँपालिकामा पनि सेवा विस्तार गर्न सुझाव दिँदै उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता, बैंकिङ पहुँच तथा बैंकिङ महत्वका बारे बताउनुभयो ।
बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रत्येक गाउँमा बैंकिङ सेवा विस्तार गरी वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार अन्य स्थानमा पनि शाखा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #नवील बैंक
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्