बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँमा

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ ।
फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ ।
त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ ।
बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #बुद्ध एयर
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्