माथिल्लो तामाकोशीको आईपिओ असार २४ देखि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि असार २४ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियका लागि १० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित दरको एक करोड ५ लाख ९० हजार कित्ता जारी गर्न लागेकाे हो ।
दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकत्तम ३०० कित्ता सम्मका लागि माग गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम म्याद साउन ९ गते रहेको छ ।
स्थानीय र सर्वसाधारण गरि कम्पनीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आइपीओमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।
स्थानियको आईपिओ बाँडफाँड भएपश्चात कम्पनीले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #माथिल्लो तामाकोशीको आईपिओ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्