अब कर्जाको व्याज घट्ने आधार बन्यो-बैंकर्स संघ

व्याजदरका सम्बन्धमा बैंकर्स संघले पछिल्लो पटक गरेको सम्झौतामा कर्जाको व्याजदर घटाउन पहल गर्ने सम्झौता भएको छ । संघको बिहीबार बसेको बैठकमा २८ वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुले कर्जाको व्याजदर १५ प्रतिशत माथि नरहने अवस्था बनाउन सक्दो पहल गर्ने सम्झौता गरेका थिए ।हिले कायम बैंकहरुको आधार व्याजदरमा थपिँदै आएको प्रिमियम न्यून विन्दुमा राख्दै समग्र अर्थतन्त्रको लागत घटाउने सम्बन्धमा संघका सदस्यहरु सकरात्मक बने पछि कर्जाको व्याजदर घट्ने अनुमान गरिएको हो ।
बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुगांनाका अनुसार बैंकहरुका बिचमा निक्षेप व्याजदरको शीर्ष विन्दुमा बढीमा ४ प्रतिशतसम्ममा मात्र कर्जा प्रवाह गर्न पहल गर्ने सम्बन्धमा बैंकहरु सकारात्मक बनेका हुन् । ‘अहिले तरलताको भन्दा लगानीयोग्य रकमको मात्र समस्या हो । त्यसलाई मिलाउँदा बैंकहरुको व्यवसायमा केही असर परे पनि निक्षेपको व्याजदरभन्दा तीन चार प्रतिशत धेरैमा मात्र कर्जा परिचालन गर्न बैंकहरु सहमत भएका छन् । तर नतिजा यस्तै हुन्छ भन्न सक्ने अवस्था छैन ।
क्याटेगोरी : अर्थ
ट्याग : #व्याज
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्