बैंकहरूकाे ब्याजदरमा सीमा ताेकियाे, सहमति तोड्नेलाई कारबाही

नेपाल बैंकर्स संघ (एनबीए) ले बैंकहरूकाे ब्याजदरमा सीमा तोकेको छ। राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्रभु बैंकका सीईओ अशोक शेरचनले बताउनु भयाे ।
यसअघि संस्थागतलाई ११.१५ प्रतिशतसम्म ब्याज दिन पाउने व्यावस्था थियाे । सर्वसाधारण निक्षेपकर्तालाई बढीमा ११ प्रतिशत ब्याज दिन पाइनेछ । अहिले १२.२२ प्रतिशतसम्म दिने गरिएको छ ।
साथै मुद्दती निक्षेपको ब्याज अब ३ महिनापछि मात्रै भुक्तानी गरिनेछ । अहिले बैंकहरुले प्रत्येक महिनामा यस्तो ब्याज दिने गरेकाेमा यो निर्णय गरिएको र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने सहमति भएको छ ।
पहिले पनि ब्याजदरमा सीमा रहेकेामा तरलता सहज भएको भन्दै केही दिन अघि बैकर्स संघले आफ्नो निर्णय फिर्ता लिएकाे थियाे ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्