Techie IT
शुक्रबार, असोज ८,२०७८

सिंहदरबार अगाडि झडप, ढुंगा प्रहारबाट ४ प्रहरी घाइते


काठमाडौँ । सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । शुक्रबार दिउँसो भएको झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

 

घर फर्कन माग गर्दै  निषेधित क्षेत्र सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।

 

प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ सामान्य घाइते भएका छन् । यस्तै, चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

 

करिब दुई दर्जनको संख्यामा रहेका चिनियाँ नागरिकले आफूहरुसँग पैसा नभएकोले घर फर्किन पाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । लकडाउनको कारण उनीहरु नेपालमा नै अड्किएका छन् ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सिंहदरबार अगाडि झडप


तपाईको कमेन्ट लेख्नुहोस्