नागढुंगा नाकाबाट काठमाडौं प्रवेशमा कडाई

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा आज काठमाडौंका जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
संघीय संसदका सांसद, प्रदेशसभाका सदस्य, काठमाडौं उपत्यकाका मेयर, उपमेयर र वडाअध्यक्षहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाका उच्च अधिकारीहरुको संयुक्त टोलीले काठमाडौं प्रवेश गर्ने सवारीसाधन तथा नाकाको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
पछिल्लो समय काठमाडौं प्रवेश गर्ने नाकाहरुबाट यात्रुवाहक सवारी निर्वाध प्रवेश गरिरहेको र सुरक्षा जाँचमा कडाई हुन नसकेको भन्ने गुनासा आउन थालेपछि जनप्रतिनिधि तथा सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।
बिहान ८ बजे अनुगमनका लागि संयुक्त टोली नागढुंगा नाका पुगेको थियो । उक्त अवसरमा चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगाबाट कुनै यात्रुवाहक सवारी साधनलाई काठमाडौं प्रवेश नदिइएको जानकारी दिँदै अत्यावश्यक तथा खाद्यान्न र निमार्ण सामग्री ढुवानीका सवारीलाई कडा निगरानी साथ प्रवेश दिइएको बताउनुभयो ।
बाहिरी जिल्लाबाट आउने मानिसलाई प्रवेश दिँदा काठमाडौंमा जोखिम बढिरहेको गुनासो आएकाले प्रवेश नाकामा त्यस्तो कुनै कमी कमजोरी हुन नदिइएको उहाँले दावी गर्नुभयो ।
उहाँले कोभिड – १९ को संक्रमण न्युनिकरणका लागि उपत्यका प्रवेश गर्ने अत्यावश्यक तथा खाद्यान्न ढुवानीका सवारी साधनलाई डिस इन्फेन्टिङ टनेलमार्फत निःसंक्रमण गर्ने गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नागढुंगा नाकाबाट काठमाडौं प्रवेशमा कडाई
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्