बन्दाबन्दी २५ गतेसम्म

काठमाडौ, १४ बैशाख । सरकारले वैशाख २५ गतेसम्म बन्दाबन्दी (लकडाउन) लम्बाउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । बैठकले १० दिनसम्म लम्बाउने निर्णय गरेर लकडाउन २५ गतेसम्म पुर्याउने भएको हो ।
११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो चोटी थपिएको लकडाउनको अवधि भोलि १५ गते समाप्त हुँदैछ। नेपालमा कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन गर्दै आएको छ । विश्वभरि कोभिड १९ को संक्रमण बढदै गएपछि लकडाउन गर्दै आएका छन् ।
यसअघि शनिबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो। अहिलेसम्म ५२ जनाम कोभिड १९ को संक्रमण देखिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #लकडाउन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्