दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
अध्यादेशको बारेमा सत्तारुढ दल तथा बाहिरबाट चौतर्फी आलोचना भएपछि अध्यादेश फिर्ता लिइएको छ ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन सहिलो हुने गरि ल्याएको अध्यादेशको पार्टीभित्र तथा बाहिरबाट चर्को विरोध भइरहेको छ । उक्त दुवै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्को दबाब परेपछि सरकार पछि हटेको हो ।
अब सरकारको निर्णयसँगै हुने सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने छिन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #दुबै अध्यादेश फिर्ता
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्