Techie IT
शनिबार, असोज १०,२०७७

१८ श्रमिक मजदुर २६ दिनदेखी जंगलमै बास बस्न बाध्य


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखी जंगलमै बास बस्न बाध्य भएका छन् ।

नगरपालिकाले पर्यटकिय गन्तव्यका रुपमा चाँगुनारायण नगरपालिका ७ र ८ नं. वडामा निर्माण गरिरहेको पर्यटक ट्रेकिङ्ग ट्रयालमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण सो क्षेत्रको जंगलमै अलपत्र परेपछि जंगलमै बास बस्न बाध्य भएका हुन् ।

नगरपालिकाले ४ करोडको लागतमा निर्माण गरेको मुहानपोखरीदेखी नगरकोटको महादेवस्थानसम्म निर्माण गरिरहेको ४ किमि टे«किङ्ग ट्रयाल निर्माणकै क्रममा लकडाउन भएपछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका जिल्लाका १८ जना मजदुरहरु जंगलमा समय बिताउन बाध्य भएका हुन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #जंगलमै बास बस्न बाध्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!