सनसिटी अपार्टमेन्टका ३०० को नमूना परीक्षण रिपोर्ट नेगेटिभ, खुशियालीमा नाचगान

काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लगका २४६ बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)को रिपोर्ट नेगेटिभ आएको छ ।
अपार्टमेन्टको ‘ए’ ब्लगको १५ औं तलामा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो ब्लकका सबैको आरडिटी विधिबाट नमूना परीक्षण गरिएको थियो ।
सो क्रममा करिब ३०० को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
सबैको रिपोर्ट नेगेटिभ आएको खुशियालीमा अहिले अपार्टमेन्ट परिसरमा नमूना दिएकाहरुले खुशियालीमा घण्टी बजाउँदै र गीत लगाउँदै नाचगान गरिरहेका छन् ।
निकै ठूलो होहल्लाको साथ त्यहाँ नाचगान चलिरहेको प्रत्यक्षदर्शी निलगिरी टोल सुधार समितिका अध्यक्ष खेम दंगालले जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सनसिटी अपार्टमेन्ट
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्