नेपालमा हालसम्म १५ सय २९ जनाको कोरोना परीक्षण

काठमाडौँ, चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा अहिलेसम्म १५ सय २९ जनाको कोरोना भाइरसको परीक्षण भएको छ ।
बुटवलमा कोरोनाका संक्रमण परीक्षण अझै सुरु नभएको भने चितवनमा आजदेखि सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै उपत्यका बाहिर ७ ठाउँमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटले जानकारी दिएका छन् ।
नियमित पत्रकार सम्मलेनमार्फत उनले आज नेपालभर १ सय १३ जना आइसोलेसनमा रहेका जनाएका छन् । उपत्यकाभित्र १२ जना आइसोलेसनमा छन् ।
संक्रमित व्यक्तिहरुको कन्ट्क्याट ट्रेसिंग भइरहेको प्रवक्ता देवकोटाले जनाए । त्यस्तै, वेवसाइटमा इन्ट्री गर्नेको आजको संख्या १८ सय १२ जसमा २४ जना रड जोनमा रहेको उनले बताए ।
आजसम्म कूल ८ हजार ९७ ले वेवसाइतमा इन्ट्री गरेको देवकोटाले बताए । त्यसरी वेवसाइटमा आफ्नो सत्य तथ्य सूचनामात्रै भरिदिन उनले आग्रह गरेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना परीक्षण
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्