अतिआवश्यकीय वस्तु आपूर्ति सहज गर्न मञ्चको माग

उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ ।
सरकारले लकडाउन गरेकोप्रति स्वागत गर्दै मञ्चले महामारीको जोखिमबाट नागरिकको जीवन बचाउन र लकडाउनको यस अवस्थामा उपभोक्ताको हित संरक्षण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी संवदेनशीलताका साथ वहन गर्न सरकारसहित सरोकारवालपक्षसँग आग्रह गरेको हो । मञ्चले पर्याप्त भण्डारको जोहो नगर्ने असल उपभोक्तालाई अत्यावश्यक वस्तुहरुमा समेत कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न माग गरेको हो ।
मञ्चका पूर्वअध्यक्ष तथा अधिवक्ता ज्योति बाँनियाले रासससँग कुरा गर्दै भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन गर्न उचित छ, तर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने खेल रोकिनुपर्छ ।” मञ्चले विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकाले स्थानीय तहका जनप्रतिनिधिले क्रियाशीलता देखाई बजार व्यवस्थापनका लागि सरोकारवालाको प्रभावकारी समन्वय गर्नुपर्ने माग छ ।
साथै हरेक वडा तहमा सङ्क्रमणमुक्त आवश्यक सङ्ख्यामा पसलहरु तथा घुम्ती पसलहरु सञ्चालन गर्ने कार्यभार पूरा गरी उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नुपर्ने मञ्चको माग छ ।
मञ्चले स्थानीय तहहरुलाई आवश्यक स्रोत साधन प्रदान गरी समन्वयका साथ नेपाल सरकार र हरेक प्रदेश सरकारहरु जिम्मेवार बन्न सरकारसँग अपिल गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अतिआवश्यकीय वस्तु
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्