Techie IT
सोमबार, असोज १५,२०८०

नेपालसहित दक्षिण पूर्वी एसीयामा कोरोनाको जोखिम, सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको अपिल


काठमाडौं, २२ फागुन । नेपालसहित दक्षिण पूर्वी एसीयाका ११ मुलुकमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन अपिल गरेको छ ।

चीनबाट फैलिएको यो भाइरस हालसम्म ७० देशमा देखिएको छ । युरोपको इटालीलगायतका मुलुकमा पनि देखिएको छ ।

विश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एसीया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउँदै रोकथामका उपायमा ध्यान दिन अपिल गरेकी हुन् ।

यस क्षेत्रमा नेपालसहित, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् । नेपाल सरकारले पनि सुरक्षाका उपाय अपनाउनका लागि अपिल जारी गरिरहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोनाको जोखिम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Light Rain
5:56 am5:49 pm +0545