इमरजेन्सी बाहेक घरबाहिर नजान काठमाडौं जिल्ला प्रशासनको आग्रह

विश्वभर महामारीको खतरा बनेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिले विश्वभर काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह छन्।
कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए। स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए। उनले आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको बताए।
कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ। ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौंका बासिन्दालाई विशेष अनुरोध गर्छाैं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा परेकाे छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं।’
यसबीच नेपालका धेरै जनालाई कोरोना संक्रमण आशंका गरिए पनि अहिलेसम्म कसैमा पनि यो संक्रमण पाइएको छैन। संक्रमण आशंका गरिएका व्यक्तिलाई टेकु अस्पताल भर्ना गरी उसको रगत तथा र्याल त्यहीं रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ।
यसअघि परीक्षण गर्न नमुना विदेश नै लैजानुपर्ने बाध्यता थियो। विश्वका विकसित एवं शक्तिशाली राष्ट्रलाई समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न निकै मुस्किल परिरहेका बेला कसैगरी नेपालजस्तो अल्पविकसित एवं स्वास्थ्य सुविधा कमजोर रहेको देशमा यो संक्रमण फैलियो भने ठूलो क्षति हुने अनुमान गरिएको छ।
यसैकारण संक्रमण भित्रिनै नदिन नेपाल सरकारले सीमा नाका, विमानस्थललगायत भाइरस भित्रिन सक्ने स्थानहरूमा स्वास्थ्य जाँचलगायत सतर्कता अपनाएको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #काठमाडौं जिल्ला प्रशासन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्