प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमासफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो । यसको विस्तृत विवरण केही समयमा अस्पतालले दिने बताइएको छ ।
मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नु भएको हो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्रीको मिर्गौला
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्