न्हुज पुस्तकालय टोखा द्दारा आयोजित राष्ट्रीय कविता महोत्सव भब्यताका साथ सम्पन्न (फोटोफिचर)

पुकार तिमलसिना
काठमाडौ । बन्दैछ मेरो देश सहभागीता मेरो पनि भन्ने मूल नाराका साथ न्हुज पुस्तकालय टोखाको आयोजनामा देशव्यापी राष्ट्रीय कविता महोत्सव भब्यताका साथ संम्पन्न भएको छ ।
काठमाडौंका राष्ट्रीय सभागृह मा आयोजना गरिएको सो कविता महोत्सवमा प्रमुख अतिथि उपप्रधानमंत्री तथा रक्षामंत्री इश्वर पोखरेलको बिषेश उपस्थीती रहेको थियो ।
कार्यक्रमा ख्याति प्राप्त साहित्यकार गीतकार , प्रज्ञा प्रतिष्ठान प्राज्ञिक , राष्ट्रीय समाचार समितिका अध्यक्ष , टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी , उप प्रमुख ज्ञानमाया डंगोल लगायतका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
देशका बिभिन्न जिल्ला प्रदेशबाट आएका युवा कवि हरूले राष्ट र राष्ट्रीय एकताको वारेमा कविता वाचन गर्नूका साथै नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रीयताका पहरेदार शैनिक विद्यालय परिवार तराई देखि हिमालय सम्मका नेपाली हरूलाई समेटेर खुकूरी नृत्य निकै आक्रषर्ण रूममा प्रस्तुत गरेका थिए ।
टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका छन । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो ।
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको विचार व्यक्त गर्नुभयो । “प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ”, उनले भने, “युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ । ”
प्रतियोगिता निर्णायक मण्डलका संयोजक साहित्यकार श्यामलले प्रतियोगितामा भाग लिएका ६० प्रतिशतका कविता पूर्ण रुपमा कविता बनिनसकेको बताउनुभयो ।
“धेरै कविता भर्खर सिक्न लागे जस्ता छन्”, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, “सिक्ने प्रयास गर्नु सकारात्मक पक्ष हो, मेहनत गरेमा भविष्य उज्ज्वल छ ।” उहाँले कवितामा पुरानै विषयवस्तु हावी भएको पाइएको बताउँदै प्रकृति, मानवशास्त्र र विश्वजगत्को अध्ययनका साथ कवितामा मौलिकता र नयाँपन दिन कविहरुलाई आह्वान गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले कविताले छिट्टै मानिसलाई आकर्षित बनाउने बताउँदै अझ छन्द लयमा लेखिएका कविताले मानिसको मानसपटलमा राम्रो प्रभाव छाड्ने विचार राखेका छन ।
सो अवसरमा रु ५० हजार र सम्मानपत्रका साथ न्हुज प्रगतिशील साहित्य पुरस्कार पूर्ण वैद्यलाई प्रदान गरियो । संस्थाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाज सुधारमा युवा वर्गलाई आकर्षण गर्ने उद्देश्यका साथ विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको जानकारी दिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #न्हुज पुस्तकालय टोखा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्