नेकपाका सांसदहरुले मासिक १२ हजार पार्टीलाई तिर्नुपर्ने

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिलेसम्म पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए । पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ पार्टीलाई बुझाउँदै आएका थिए भने पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ बझाउँदै आएका थिए । अब सांसदको लेबीले एकरुपता पाएको छ ।
माघ १५ देखि १९ सम्म काठमाडौंमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकमा केन्द्रका मन्त्री, सांसद एवं प्रदेशमा मन्त्री र सांसदहरुको लेबीबारे प्रश्न उठेपछि आइतबार यसबारे नेकपा सचिवालयमा छलफल भयो ।
सचिवालयको छलफलमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको लेबी १२ हजार कायम गरेर एकरुप बनाउन प्रस्ताव गरेपछि सर्वसम्मतिमा लेबी मासिक १२ हजार रुपैयाँ कायम भएको अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा सदस्यता शुल्क घटाउनुपर्ने र महिलालाई निशुल्क गराउनुपर्ने माग उठेपछि यसबारेमा पनि आइतबारको सचिलावय बैठकमा छलफल भएको स्रोतले बतायो । केही नेताहरुले सदस्यहरुको लेबी मासिक २५ रुपैयाँमात्रै राख्न प्रस्ताव गरे पनि यसबारे अर्को बैटकमा निर्णय लिइने तर सदस्यता शुल्क घट्ने जवाफ आएको केन्द्रीय सदस्यले बताए ।
नेकपाका केन्द्रीय नेताहरुको सम्पत्ति छानविन हुनुपर्छ भन्ने केन्द्रीय सदस्यहरुको मागका सम्बन्धमा पनि सचिवलायका नेताहरुले हललाई जवाफ दिएका छन् । हलमा सचिवालयका तर्फबाट जवाफ दिँदै प्रचण्डले विधान अनुशार पार्टीको अनुशासन आयोगलाई नेतहरुको सम्पत्ति विवरण लिने र अनियमितता भएको आशंका हुनेमाथि छानविन गर्न अधिकार दिइएको बताए ।
त्यसैगरी नेकपाको बैठकमा यती होल्डिङका सम्बन्धमा श्वेतपत्र जारी गरिनुपर्ने माग उठेको सम्बन्धमा नेपाल ट्रष्टको जग्गासम्बन्धी विषय रक्षामन्त्री ईश्वर पोखरेलले हेरिरहेको हुनाले पोखरेलेल नै यसबारे श्वेतपत्र जारी गर्ने जवाफ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीलाई दिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाका सांसदहरु
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्